Message from Chairman
Namaste and warm greetings to all respected Kwone brothers, sisters, elders, and the wider Gurung (Tamu) community in the United Kingdom and beyond.
It is my great honour and privilege to serve as the 4th Chairperson of the Kwone (Ghotane/Ghonde) Gurung (Tamu) Society UK. Social organisations like ours play a vital role in uniting members, preserving our rich cultural heritage, and fostering a spirit of togetherness and mutual support among the community. I am deeply proud to lead this Society, which stands as a symbol of unity, culture, and collective strength of the Kwone Gurung clan in the UK. As a community, our shared values of respect, cooperation, and cultural pride continue to guide and inspire us to build a stronger identity in this diverse nation.
Since my election as Chairperson, I have pledged to dedicate my time, energy, and sincerity towards fulfilling the Society’s objectives — promoting social harmony, cultural identity, education, and welfare of our members — in accordance with our constitution. I will do my utmost to ensure that every activity and initiative of our organisation reflects fairness, inclusivity, and a genuine commitment to serve our members. I humbly request and expect your continued cooperation, guidance, and active participation of all members, advisers, and well-wishers to move our Society forward and make our shared goals a lasting reality.
Let us all work together with unity and compassion for the social, cultural, and economic upliftment of our community and the generations to come. Our combined efforts, no matter how small, can bring meaningful change and greater opportunities for every member of our Society. Together, we can make our organisation stronger, more inclusive, and more impactful, ensuring that the legacy of our ancestors continues to shine for years ahead.
Jaya Tamu,
Jaya Kwone (Ghotane/Ghonde) Gurung (Tamu) Society UK!
Mr. Kumar Gurung
Chairperson
Kwone (Ghotane/Ghonde) Gurung (Tamu) Society UK
Message from Chelibeti Pramukh
नमस्ते तथा सेवाढोग मेरा आदरणीय क्वोंन्मै माइती बुवाहरु, काकाहरु र दाज्युभाईहरू,
प्रिय दिदीबहिनीहरू (चेलीबेटीहरू) अनि समस्त तमुजनप्रति हार्दिक अभिवादन !
कुनै पनि सामाजिक वा जातीय संस्थालाई सशक्त, सन्तुलित र दिगो रूपमा अघि बढाउन महिला विभागको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । महिलाहरू समाजको आधा हिस्सा मात्र होइनन् उनीहरू सामाजिक चेतना बढाउनमा, संस्कार संस्कृतिको संरक्षण तथा प्रबर्ध्दन गर्नमा र आफ्नो सन्तानहरुलाई अर्थात् नयाँ पुस्ताहरुलाई मूल्य–मान्यता सिकाउनमा र शिक्षा प्रवाहमा महिलाहरुको प्रमुख भूमिका रहेको हुन्छ र उनीहरु प्रमुख माध्यम पनि हुन् । महिला विभागले महिलाहरूको नेतृत्व क्षमता, निर्णय–प्रक्रियामा सहभागिता, र लैङ्गिक समानताको वातावरण निर्माणमा अमूल्य योगदान पुर्याएको हुन्छ । यसले संस्थाभित्र विविध सोंचहरु वा बिचारहरु प्रबाह गर्नुको साथसाथै सहकार्य, सहानुभूति र समावेशी दृष्टिकोण पनि विकास गराउँछ जसले गर्दा संगठन वा संस्थालाई अझ सुदृढ र प्रभावकारी बनाउन मद्दत पुर्याउछ ।
विशेषगरी गुरुङ (तमु) समुदायका संस्थाहरूमा महिला विभागको भूमिका अझ गहिरो र अर्थपूर्ण हुन्छ र छ । गुरुङ संस्कृतिमा महिला र पुरुष दुवैको समान सहभागिता प्राचीन कालदेखि नै सम्मानित रूपमा रहँदै आएको छ र आधुनिक संरचनामा पनि महिलाहरुलाई औपचारिक र संस्थागत रुपमा सहभागिता सुनिश्चित गराउँदा समग्र संस्थाको बिकासमा महिला विभाग एउटा सेतु हुन्छ भन्ने कुरामा दुइमत नहोला । महिला वा चेलीबेटी बिभागमार्फत महिलाहरूले सांस्कृतिक कार्यक्रम, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणका विविध कार्यहरू सञ्चालन गर्दा समग्र समुदायको उत्थानमा योगदान पुर्याइरहेका हुन्छन वा छन् ।
संस्थामा महिला वा महिला बिभागको महत्वलाई मनन अनि आत्मसात गर्दै जसरी क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले आमा समूहको सट्टा “चेलीबेटी विभाग” गठन गरी संस्थाको अभिन्न, सक्रिय र अनन्य विभागका रूपमा मान्यता प्रदान गरेकोमा म हार्दिक आभार व्यक्त गर्दछु । यस समाजले चेलीबेटीहरूलाई यस किसिमको अवसर, सम्मान र विश्वास प्रदान गरिरहँदा हामी चेलीहरुमा आत्मविश्वास, निर्णय–क्षमता र नेतृत्व–विकासमा ठूलो सहायोग पुगेको छ र यो कार्य अत्यन्तै प्रेरणादायी छ । मैले सधै भन्ने गर्छु — हामी चेलीबेटीहरूको (वा विभागको) काम वा कर्तब्य भनेको दाजुभाइहरूलाई साथ, सहयोग र उत्साह दिने हो, जहाँ पातलो हुन्छ त्यहाँ बाक्लो गरिदिने र हैसेमा हौसे थप्ने ! चेलीबेटीहरुको तर्फबाट सकेको सहयोग गर्ने हाम्रो प्रमुख कर्तब्य अनि धर्म हो भन्ने लाग्छ । यसै जिम्मेवारीलाई हामीले समर्पित भएर, सशक्त भएर लागिपरेका छौ र यसबाट संस्थाको सामूहिक उपलब्धिमा टेवा पुगेको छ भन्ने लागेको छ । अन्त्यमा, यस सुनौलो अवसर प्रदान गरेकोमा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
जय तमुमै !
जय क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके ।
स-स्नेह तपाइकै चेली-
श्रीमती लिना क्वोंन्स्यो गुरुङ
चेलीबेटी प्रमुख
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूके
Upcoming Events
Community News
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको ऐतिहासिक दशौं वार्षिकोत्सब भव्य सम्पन्न
फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट) क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु)...
Read Moreक्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेका चेलीबेटीहरुद्वारा चौथो भाईटीका कार्यक्रम- २०२५ भब्य सम्पन्न
फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट) अल्डरसट । हिजो अक्टोबर...
Read Moreक्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको अध्यक्ष कुमार गुरुङ नियुक्त
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको मिति २०२५ साल अप्रिल...
Read Moreक्वोने समाज युकेको भाईखलक कार्यक्रममा माइतीको प्रशंसा गरिन- माननीय सरस्वती गुरुङले
लन्डन । नेपालको गण्डकी प्रदेश सभासद (सांसद) माननीय सरस्वती गुरुङको...
Read More