
क्वोने गुरुङ समाज यूकेको दोस्रो भेटघाट कार्यक्रम- २०१८ हर्षउल्लासका साथ सम्पन्न
अल्डरसट, ह्याम्पसायर । आज मिति १० फेब्रुवरी २०१८ शनिबारको दिन, अल्डरसट स्थित एम्पायर हलमा गुरुङ्गहरु (तमुहरु)को विभिन्न थरहरुमध्ये एक क्वोने, घोताने, घोण्डे परिवार युकेको दोस्रो चेलीबेटी भात खुलाइ तथा भेटघाट कार्यक्रम ज्यादै हर्षउल्लासका साथ भव्य तथा सभ्य रुपमा सम्पन्न भएको छ । माघे संक्रान्तीको अबसर पारेर पौराणिक कालदेखि चल्दै आएको प्रमुख चलन मध्ये एक, आफ्नो चेलिबेटीहरुलाई भात खुलाउने चलन यस थरका (क्वोने, घौताने तथा घोण्डे) गुरुङ्गहरुले युकेमा पनि निरन्तरता दिएका छन् । साउन संक्रान्ति र माघे संक्रान्तिको अवसर पारेर आफ्नो चेलिबेटीहरुलाई बर्षमा दुइ पटक भात खुलाउने प्रचलन रहे ता पनि समय र परिबेशले गर्दा युकेमा एक पटक भए पनि सामुहिक रुपमा आफ्नो चेलिबटीहरुलाई भात दिने वा खुलाउने रितीलाई युके जस्तो विकसित देशमा पनि कायम राख्न सफल भएका छन् ।
निर्धारित समय भन्दा केही समय ढिलो शुरु भएको उक्त कार्यक्रमको प्रारम्भमा युकेको नियम अनुसार यस क्वोने परिवार युकेका सदस्य श्री दुर्गा गुरुङ्ग ज्युले कार्याक्रम स्थलको हेल्थ एण्ड सेफ्टीबारे प्रकास पार्नु भएको थियो । यसको लगतै यस कार्यक्रमको प्रमुख अतिथि, क्वोने परिवार युकेको अध्यक्ष लगायत विभिन्न बरिष्ठ सदस्यहरु अनि अन्य अतिथिहरुलाई असन ग्रहण गराइ औपचारिक कार्यक्रमको शुरुवात गर्नुभएको थियो । यस क्वोने परिवार युकेको सबैभन्दा जेष्ठ सदस्य वा अभिभाबक पञ्चनब्बे बर्षिय श्री दील घोण्डे गुरुङ्गको प्रमुख अतिथ्यमा र यसै क्वोने परिवारका आध्यक्ष श्री नरजङ्ग गुरुङ्गको सभापतित्वमा यस औपचारिक कार्यक्रम सहित विभिन्न कार्याक्रमहरु गरि भव्य रुपमा सम्पन्न गरेका छन् । कार्यक्रमको औपचारिक शुरुवात प्रमुख अतिथि श्री दील घोण्डे गुरुङ्ग, क्वोने परिवार युकेका अध्यक्ष श्री नर जङ्ग गुरुङ्ग, नेपाल सरकार रक्षा मन्त्रलायको उप–सचिब सुश्रि गीता घोण्डे गुरुङ्ग, तमुधि नेपालको आमा समुहको अध्यक्ष श्रिमति हरिमाया गुरुङ्गले संयुक्त रुपमा पानसमा दियो बालि कार्याक्रमको औपचारिक सम्उद्धघाटन गर्नुभएको थियो । समुद्धघाटन लगत्तै नेपालको राष्ट्रिय गान बजाइएको थियो ।
त्यसपछि यस क्वोने परिवार युकेको उपाध्यक्ष श्री नारदमणि गुरुङ्गज्युले उपस्थित सम्पुर्ण क्वोने परिवार भाइखलक तथा छोरी(चेली) जुवाईहरु लगायत उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत गर्दै स्वागत मन्तव्य दिनुभएको थियो भने यसको लगतै क्वोने परिवार युकेको सल्लाहकार श्री जीवन क्वोने गुरुङ्गज्युले गुरुङ्ग(तमु)हरुको विभिन्न थर मध्ये क्वोने थर (उपजाति) बारे प्रकास पार्नुभएको थियो । उहाँले क्वोनेहरु गाउँठाउँको मुखियाको रुपमा जिमलको रुपमा काम गर्ने वा चिनिदैं आएको कुरा बताउनुभयो ।

कार्यक्रममा एकोहोरो पन नआओस भनि औपचारिक कार्यक्रमको विचमा एभरेष्ट आइडल युकेको सिजन २ को उप विजेता गायक श्री सोजहंग राइ र नेपालबाट आउनु भएको श्रिमति मौसमी गुरुङ्गले गीत गाउनुभएको थियो । औपचारिक कार्यक्रमको निरन्तरता दिंदै यस क्वोने परिवार युकेको विधान कमिटिको संयोजक श्री नारायण क्वोने ज्युले विधान कसरी तयार भयो र यसमा कति भाग छन् र कुन भाग कुन विषयसंग सम्बन्धित छ भनि संक्षिप्त रुपमा बिधानबारे प्रकाश पार्नुभयो । त्यसपछि उपस्थित बरिष्ठ सदस्यहरुबाट विधानको औपचारिक रुपमा बिमोचन पनि गर्नुभयो । विधानबारे यसै क्वोने परिवारका जुवाई तमुधि युकेका भुतपुर्ब महासचिब हरि गुरुङ्गले पनि छोटो बोल्नुभएको थियो । उहाँले युके क्वोने परिवार आफु जस्ता जुवाइहरुको लागि एउटा कल्प बृक्ष भएको र यसको छहारीमा आफु बस्न पाउँदा ज्यादै गौरान्वित भएको कुरा बताउनु भयो र बाबा माइती अनि छारीजुवाइहरुको नाता यसरी नै प्रगाढ रहोस र अगामी दिनहरुमा अझ प्रगाढ रहोस भनि कामाना पनि गर्नुभयो ।
यसपछि युकेमा रहेका विभिन्न संघसंस्थाहरुमा वहालीमा (सेवारत) रहनुभएका भाइखलकहरु र छोरीचेलीहरुलाई सम्मान गरियो । जसमध्ये प्रमुख, गतसालमात्र सम्पन्न गैर आवशिय नेपाली संघ युकेको चुनावमा उपाध्यक्ष पदमा निर्वाचित छोरी(चेली) श्रिमति पुनम गुरुङ्गलाई दोसल्ला ओढाइ कदर पत्रद्धारा सम्मानित गरियो । यस अवसरमा बोल्नु हुँदै सम्मानित चेली श्रिमति पुनम गुरुङ्गले आफ्नो बाबा माइतीबाट यसरी सम्मानित हुन आफुलाई ज्यादै खुशी लागेको र यो क्षण जीवन एउटा अविस्मरणिय क्षण मध्ये एक रहेको कुरा बताउनु भयो । यतिखेर मेरो आँखा खुशीले रोएको छ, यस सम्मानबाट अझ मलाई प्रेरणा अनि उर्जा मिलेको कुरा बताउनुभयो । विगत र बर्तमानमा आफुले जेजस्तो सफलता हासिल गरेको छ त्यो सफलता परिवार, समाज र अन्य थुप्रै व्यक्तित्वहरुको सहयोगबाट प्राप्त भएको हो यसको श्रेय सामुहिक रुपमा सबै सहयोगी हातहरुलाई जान्छ र निकट भविष्यमा पनि यस्तै सहयोग निरन्तरता रहने छ भनि आशा गरेको छु र अनुरोध पनि गर्दछु भन्नुभयो । यस क्वोने परिवार युकेको महासचिब श्री महेन्द्र भीम गुरुङ्गले सम्मानित श्रिमति पुनम गुरुङ्गको हाल सम्मको जीवनी ९दष्यनचबउजथ० छोटकरीमा पढेर सुनाउनु भएको थियो ।
यसै क्रममा क्वोने परिवार युकेको वरिष्ठ महिला सल्लाहकार श्रीमति नन्द कुमारी आफ्नो शुभकामाना सन्देश दिनुभएको थियो भने यसै कार्याक्रमको लागि भनेर नेपालबाट हालसालै युके आउनुभएको क्वोने परिवार नेपालको केन्द्रिय सल्लाहकार तथा बंशावली लेखन कार्य समितिको सदस्य लेप्टेन श्री थमन सिह गुरुङ्गज्युले बंशवली लेख्ने काम अब लगभग अन्त्यतिर पुगेको (८५ प्रतिशत काम सकेको) र यसलाई विधिवत रुपमा प्रकाशन गर्नुभन्दा पहिला जिल्ला कमिटिहरुबाट अनुमोदन गराउने र पास भएपछि पुर्ण रुपमा प्रकाशन गर्ने कुरा सुनाउनु भयो ।
भाषणले मात्र दिक्क नहोस भनि मनोरञ्जनका निमित्त तमुधि युकेको खेलकुद परिषदको संयोजक क्याप्टेन श्री पिताम्बर क्वोने गुरुङ्ग मेरा प्यार हाजारका मेरा बेहेना भन्ने बोलको हिन्दी गीत गाएर उपस्थित भाइखलक अनि छोरी चेलिलाई मनोरञ्जन दिलाउनुभएको थियो भने क्याप्टेन श्री पिताम्बर क्वोने गुरुङ्गसंगै स्टेजमा गएर गाउँदै नाच्दै छोरी चेलीहरुले रमाइलो गर्नुभयो ।
मन्तव्य दिने क्रममा नेपालबाट युके आउनुभएको नेपाल सरकार रक्षा मन्त्रालयको उपसचिब सुश्री गीता गुरुङ्गले आफ्नो भ्रमण क्रममा क्वोने परिवारसंग यसरी भेटघाट अनि यस्तो कार्याक्रममा सामेल हुने अबसर÷संयोग जुरेकोमा आफुलाई खुशी लागेको कुरा बताउनुभयो । उहाँले आफु बसेको देश र परिबेश अनुसार सिक्नुपर्ने वा सिक्न सकिने ज्ञान तथा सिपहरु सिक्ने उक्त ज्ञान तथा सिपलाई मातृभुमीको विकासमा लगाउनुपर्ने कुरा बताउनु भयो र जुन उद्धे्रश्यको लागि आजको कार्यक्रम आयोजना गरिएको हो उक्त उद्धेश्य प्राप्त होस भनि शुभकामाना पनि दिनुभयो ।
मन्तव्यकै क्रममा तमुधि युकेका बर्तमान आध्यक्ष श्री ज्ञाम गुरुङ्गले इश्वर बल्लभको ….. गीतको गीतांश सुनाएर रगतको नाता भावनाको नाता ज्यादै बलियो हुन्छ । क्वोने परिवार (भाइखलक) र छोरी (चेली)को हालको सुमधुर सम्बन्ध रहेको छ त्यो अझ प्रगाढ होस् । उहाँले यस क्वोने परिवार बेलायतमा कसरी स्थापना गर्न लागेको वा भएको भन्ने शुरुवाती दीनहरुको स्मरण गराउँदै अहिले यो परिवार झन बलियो परिपक्व भएको वा हुँदै आएको कुरा बताउनुभयो । भाइखलकहरुले बेलायतमा ज्यादै प्रगति गरिरहेको, यस अर्थमा कि युकेमा रहेका झण्डै ७५ प्रतिशत संघसंस्थाहरुको अगुवाई (अध्यक्ष, उपध्यक्ष र अन्य पदहरुमा क्वोने भाइखलक रहेको) क्वोने भाइखलकहरुले गरिरहेको जानकारी गराउनुभयो र अझ ससक्त रुपमा अघि बढ्न सकुन । र विशेष गरि आगमी मे महिनामा बेलायतको स्थानिय चुनाबमा काउन्सिलर रुपमा उम्मेदवारी रहनुभएको यसै क्वोने भाइखलकका दाज्यु लक्ष गुरुङ्गलाई विशेष शुभकामाना दिनुभयो ।
त्यस्तै गरि मन्तव्यकै क्रममा तमु समाज युकेको संस्थापक तथा भुपु अध्यक्ष श्री अर्जुन गुरुङ्गले पनि क्वोने भाइखलकहरुको एकता यसरी नै अघि बढोस र बंशावली लेखन समितिले चाँडै नै क्वोने गुरुङ्गहरुको बंशावली चाँडै नै प्रकाशन गर्ने विश्वास प्रकट गर्नुभयो । औपचारिक कार्याक्रमको अन्त्यतिर यस बर्षको चेलीबेटी भात खुलाइ तथा भेटघाट कार्यक्रमको प्रमुख अतिथि श्री दील घोण्डेले सबैलाई अशिर्बाद दिनुभयो र जय क्वोने भन्नुभयो । औपचारिक कार्याक्रम समापन गर्नुभन्दा पहिला राजु गुरुङ्ग र मुन गुरुङ्गले अहिले चर्चित गुरुङ्ग चलचित्र मैंरिमोको शीर्ष गीत ए ङोल्स्यो ए ङोल्स्यो मा आकर्षक नृत्य पस्तुत गर्नुभएको थियो ।
औपचारिक कार्यक्रमको अन्त्यमा यस क्वोने परिवार युकेको अध्यक्ष तथा यस औपचारिक कार्यक्रमकमको सभापति श्री नरजङ्ग गुरुङ्गले उपस्थित सम्पुर्ण भाइखलक छोरी (चेली) जुवाइ सबैलाई आइदिनु भएकोमा धन्यबाद दिनुभयो । उहाँले बिशेष गरि आजको यस कार्यक्रमलाई आयोजन गर्न र सफल बनाउनमा मद्धत गर्नुहुने सम्पुर्ण व्यक्तित्वहरु, संस्थाहरु, प्रायोजक, कार्यसमितिका पदाधिकारीहरु सबैलाई व्यक्तिगत तर्पmबाट, परिवारको तर्पmबाट र कार्यसमितिको तर्फबाट हार्दिक धन्यबाद दिनुभयो र साथै कार्यक्रममा कुनै भुल गल्ति भएमा क्षमा माग्दै औपचारिक कार्याक्रम समापन गर्नुभयो । औपचारिक कार्यक्रमको समापन लगत्तै भेषभुषा अन्तर्गत उत्कृष्ट भेषभुषा लगाएर आउनु हुनेमा पुरुषतर्पm राम गुरुङ्ग यबे रोड लण्डन र महिला तर्पm सिप गुरुङ्ग फार्नबोरोघ लाई पनि पुरस्किृत गरियो ।
करिब ८ः४० बजेतिरबाट क्वोनेहरुको जुवाइ यामु गुरुङ्गले समसामायिक राजनीतिबारे घोचपेच गर्दै र आफ्नो सालीनानीहरुलाई जिस्काउदै मुक्तक सहित बाटो मुनीको फुल चलचित्रको “तुल्सि आँगनमा” भन्ने गीत र अहिलेको चर्चित गुरुङ्ग चलचित्र मैंरिमोको शीर्ष गीत “ए ङोल्स्यो ए ङोल्स्यो” गाएर सालीहरु र सासुससुराहरुलाई नचाउनु भयो ।
त्यसपछि क्वोनेहरुको छोरीहरु इशा गुरुङ्ग र मेलिसा गुरुङ्ग ब्ष्mक न्चयगउ का छोरीहरुले अंगे्रजी र नेपली मिश्रित गीतमा आकर्षक नृत्य देखाउनु भयो । छोरीहरु युकेमा गत साल सम्पन्न युके डान्स कम्पिटिसनको उपविजेता यानिकी दोस्रो हुनु भएको थियो । त्यसैगरि क्वोने चेली श्रिमति बिमला गुरुङ्गले पनि चोली राम्रो पाल्पली ढाकाले भन्ने गीतमा मनोमोहक नृत्य प्रस्तुत गर्नुभएको थियो ।
त्यसपछि भने गायक सोनहंग राइले अहिलेको चर्चित गीत सुन साइली, स्वर्गिय गायक खेमराज क्वोने गुरुङ्गको सम्झानामा वारी जमुना पारि जमुना, शिब परियारको चर्चित गीत प्युउँदैन भन्दा भन्दै पिलायो भन्ने र शर्मिला गुरुङ्ग तथा सागर गुरुङ्गको सालैजो गीत गाएर उपस्थित भाइखलक तथा छोरीचेलीहरुलाई भरमुग्धर मनोरञ्जन दिलाउनुभयो । गायक सोनहंग राइले यी गीत गाइरहँदा मञ्च नाच्नेहरुले खचाखच भरिएको थियो ।
सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम अन्तर्गत क्वोने छोराछोरीहरु जुन समुह इभोल्युसन ग्रुप भन्ने नामले चिनिन्छ, अंगे्रजी र नेपली मिश्रित गीतमा आकर्षक नृत्य देखाउनु भयो ।
यसपछि कायक्रमको मिडिया पर्सनहरु फोटोग्राफर मीलन गुरुङ्ग, साउण्ड सिस्टम संयोजक हेम विष्ट, मिडिया पर्सन लाइट नेपालको प्रतिनिधि राजेन्द्र, गायक द्धय श्री सोनहंग राइ र मौसमी गुरुङ्गलाई पनि खाता ओढाइ धन्यबाद ज्ञापन गरियो ।
कार्यक्रम अन्त्यतिर कार्यक्रमकै प्रमुख आकर्षक तथा रमाइलो कार्यक्रम छोरी(चेली)द्धारा संचालित चिठ्ठा कार्यक्रम जसबाट उठेको अठारसय बाइस पाउण्ड बीस पी ९घ्ज्ञडद्दद्द।द्दण्० छोरीचेलीको तर्पmबाट बाबा माइतीलाई यस क्वोने परिवार युकेको आध्यक्ष तथा उपाध्यक्ष फेटा (पगरी) लगाइ धन्यबाद दिंदै संस्थाको कोषाध्यक्ष श्री एम कुमार घोतानेलाई बुद्ध भगवानको स्तुति पढ्दै हस्तन्तरण गरियो ।
राइफल ड्र चिठ्ठा अन्तरगत
१. २०५ नंम्बरको– निलो र सेतो रंगको चिठ्ठा, तेस्रो पुरुस्कार, त्बभाब िको ऋययपष्लन क्भत
२. १५१ नम्बरको– गुलाबी रंगको चिठ्ठा, दोस्रो पुरुस्कार, आधि तोला सुनको औंठी
३. २१ नम्बरको– गुलाबी रंगको चिठ्ठा, प्रथम पुरुस्कार, एक तोला सुनको औंठी (प्राविधिक गल्तिले गर्दा उक्त नम्बरको चिठ्ठा दुइ जनालाई पर्न गएको र पुरुस्कार बाँढेर लिने सहमति भयो)
४. ६१ नम्बरको– गुलाबी रंगको चिठ्ठा, सान्तन्व पुरुस्कार, प्रायोजग हीरामय गुरुङ्ग फार्नबोरोघ
५. ५६ नम्बरको– सादा सेतो रंगको चिठ्ठा, सान्तन्व पुरुस्कार, प्रायोजग गोमा गुरुङ्ग फार्नबोरोघ
कार्यक्रमको अन्तिम प्रस्तुतिको रुपमा गायिका मौसमीद्धारा नया र पुराना गीतहरु गाएर भाइखलकहरुलाई नचाउनु भएको थियो ।
कार्याक्रमको संचालन यसै क्वोने परिवार युकेका महासचिब श्री भिम महेन्द्र गुरुङ्ग र यसै कार्यक्रमका संयोजक श्री इन्द्र गुरुङ्गले संयुक्त रुपमा संचालन गर्नु भएको थियो भने सांस्कृतिक तथा मनोरन्जन कार्याक्रम संचालन युकेको परिचित उद्घोष श्री सुर्य क्वोने गुरुङ्गले गर्नु भएको थियो ।


