कोने (घोताने/घोण्डे) तमु समाज युकेको तेस्रो बार्षिक भेटघाट- २०१९ भब्य कार्यक्रम सम्पन्न

टोउ गुरुङ्ग
१९ जनवरी, २०१९

अल्डरसट, ह्याम्पसायर । मिति १९ जनवरी २०१९ शनिबारको दिन, अल्डरसट स्थित एम्पायर हलमा क्वोने (घोताने/घोण्डे) तमु (गुरुङ्ग) समाज युकेले विगतका बर्षहरुमा झैँ यस बर्ष पनि तेस्रो बार्षिक भेटघाट तथा चेलीबेटी भात खुलाइ कार्यक्रम भव्य अनि सभ्य रुपमा सम्पन्न गरेका छन् । आफ्नो परम्परालाई निरन्तरता दिंदै माघे संक्रान्तिको सुअबसरमा आफ्नो चेलिबेटीहरुलाई भात खुलाउने प्रचलन यस बर्ष पनि जारी राखे ।

क्वोने समाज युकेको बर्तमान अध्यक्ष अ. लेप्टेन श्री चन्द्र क्वोने गुरुङ्गज्यु, क्वोने समाज युकेको बयोबृद्ध ज्वाँई ८६ बर्षिय नरबहादुर गुरुङ्गज्यु, क्वोने समाज युकेको बयोबृद्ध सदस्य ९४ बर्षिय श्री राजमान गुरुङ्गज्यु, क्वोने समाज युकेको निबर्तमान अध्यक्ष श्री नरजङ्ग गुरुङ्गज्यु, समाजको संस्थापक सल्लाहकार श्री नारायण क्वोन्मेज्यु, गैर आवशीय नेपाली संघ युकेको उपाध्यक्ष तथा क्वोने समाज युकेको चेली श्रीमती पुनम गुरुङ्गज्युुले संयुक्त रुपमा पानसमा दियो बालेर औपचारिक कार्याक्रमको सम्उद्धघाटन गर्नुभएको थियो ।

युकेको नियम अनुसार शुरुमा समाजको कोषाध्यक्ष श्री बोहत गुरुङ्गज्युले कार्यक्रम स्थलको स्वास्थ्य तथा सुरक्षा सम्बन्धि जानकारी गराउँदै, असनग्रहण अनि नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रमको शुरुवात गरिएको थियो साथै क्वोने परिवारभित्र यस बर्ष बित्नुभएका (पितृ हुनुभएको) परिवारको सदस्यहरुको सम्झनामा र उहाँहरु वित्नुभएको दुखमा एक मिनेट मौन धारणा गरिएको थियो । स्मरण रहोस् गत बर्षको यसै कार्यक्रमको प्रमुख अतिथि समाजको बयोबृद्ध सदस्य ९५ बर्षिय स्वर्गीय दील घोण्डेज्यु यसै बर्ष स्वर्गारोहन भएको थियो ।

समाजको उपाध्यक्ष क्याप्टेन श्री पिताम्बर गुरुङ्गज्यु तथा समाजको संस्थापक सल्लाहकार श्री नारायण कान्मैज्युले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रममा यस बर्ष आफ्नो कार्यकाल पुरागरि निबर्तमान हुनुभएको निबर्तमान अध्यक्ष तथा उहाँको कार्य समितिलाई विदाइ तथा नयाँ (बर्तमान) कार्य समितिलाई स्वागत तथा शुभकामाना दिइएको थियो । कार्यक्रममा समाजको सचिब मेजर श्री राजपति गुरुङ्गज्युले गुरुङ्ग तथा विशेष गरि कोने (घोताने/घोण्डे)को इतिहास सम्बन्धि छोटो जानकारी गराउनुभएको थियो । कार्यसमितिको अर्को सदस्य श्री कृष्ण गुरुङ्गज्युले सामुहिक लगानी सम्बन्धिको आवधारणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा निबर्तमान आमासमुह प्रमुख तथा चेली पुनम गुरुङ्गज्युले बाबा माइतीलाई धन्यबाद मन्तव्य दिनुभएको थियो ।
गत बर्षहरुमा जसरी यस बर्ष पनि औपचारिक तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु मिश्रित गर्दै कार्यक्रमलाई रोचक बनाइएको थियो । कार्यक्रममा चेली र भान्जीहरुबाट आकर्षक नृत्य प्रस्तुत गरिएको थियो भने तमुधिं युकेको निमन्त्रणामा हाल युके आउनुभएका चर्चित गायक श्री गोबिन्द गुरुङ्ग र अर्को चर्चित गायिका ममता गुरुङ्गले कौडा, गुरुङ्ग गीतहरु–रिमै थुमै प्रितना रोधीरी, ए ङ्गोल्स्यो ए ङ्गोल्स्यो, आयदो ठागु……. र अरु थुप्रै चर्चित नेपाली गीतहरु गाउनुभई भर मुग्धर रमाइलो गराउनुभएको थियो ।

कार्यक्रमको प्रमुख आकर्षण तथा रमाइलो कार्यक्रम– चिठ्ठा कार्यक्रम रहेको थियो । छोरीचेलीहरुले संचालन गरेको उक्त चिठ्ठाको प्रथम पुरुस्कार एक तोला सुन, द्धितिय पुरुस्कार सीकोफाइभ घडी र तृतिय पुरुस्कार लाफीङ्ग बुद्ध थियो । चिठ्ठा कार्यक्रमबाट उठेको घ्ज्ञण्ढज्ञ।द्दण् (एक हजार एकनब्बे पाउण्ड) रकम छोरीचेलीको तर्पmबाट बाबा माइतीलाई धन्यबाद दिंदै यस समाजको कोषाध्यक्ष श्री बोहत गुरुङ्गज्युलाई हस्तन्तरण गरियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा यस क्वोने समाज युकेको अध्यक्ष तथा यस औपचारिक कार्यक्रमको सभापति अ. लेप्टेन श्री चन्द्र गुरुङ्गज्युले उपस्थित सम्पुर्ण भाइखलकहरु अनि छोरी (चेली) ज्वाँइहरुलाई आइदिनु भइ कार्यक्रमलाई सफल बनाइ दिनुभएकोमा हार्दिक धन्यबाद दिनुभयो । उहाँले बिशेष गरि आजको यस कार्यक्रमलाई आयोजना गर्न र सफल बनाउनु हुने सम्पुर्ण व्यक्तित्वहरु, प्रायोजकज्युहरु, कार्यसमितिका पदाधिकारीहरु सबैजनालाई व्यक्तिगत, कार्यसमिति र समाजको तर्फबाट आभर प्रकट गर्नुभयो । साथै उहाँले कार्यक्रममा कुनै भुल या गल्ति भएमा क्षमा माग्दै र भविष्यमा कार्यक्रमलाई अझ परिस्किृत गर्दै राम्रो गर्ने प्रतिबद्धताका साथ औपचारिक कार्याक्रम समापन गर्नुभयो ।

कार्यक्रमको प्रमुख अतिथि यसै क्वोने समाज युकेको जेष्ठ ज्वाँइ बयोबृद्ध ८६ बर्षिय नरबहादुर गुरुङ्गज्यु हुनुहुन्थ्यो भने विशेष अतिथि यसै समाजको जेष्ठ नागरिक बयोबृद्ध ९४ बर्षिय श्री राजमान गुरुङ्गज्यु हुनुहुन्थ्यो । औपचारिक कार्यक्रमको सभापतित्व अध्यक्ष अ.लेप्टेन श्री चन्द्र गुरुङ्गज्युले गर्नुभएको थियो । कार्यक्रममा निबर्तमान अध्यक्षज्युबाट तरुल र मासको टीका लगाई उपस्थित सबैलाई अशिर्बाद दिनुभएको थियो । कम्प्युटर प्रेसेनटेसनको लागि श्री मान गुरुङ्गज्युले सहयोग गर्नुभएको थियो । कार्यक्रममा टिकट व्यवस्थापन र पाहुनाहरुलाई स्वागत गर्ने कार्यमा बुहारीहरुले सहयोग गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट पोशकमा (तमु पोशाक) पुरुषतर्फ बरिष्ठ संस्थापक सल्लाहकार श्री नारायण कोन्मे र महिला तर्फ श्रीमती शान्ती गुरुङ्ग विजयी हुनुभएको थियो ।

औपाचारिक कार्यक्रम संचालन यसै समाजको महासचिब श्री इन्द्र घोतानेले गर्नुभएको थियो भने सांस्कृतिक कार्यक्रम यसै समाजका सदस्य तथा चर्चित उद्घोषक श्री सुर्य गुरुङ्गले संचानलन गर्नुभएको थियो । कार्यक्रममा युकेको विभिन्न संघसंस्थामा पदासिन हुनुभएका भाइखलकहरु, चेलीज्वाँइहरु, काउन्सिलर लक्ष्य ब. गुरुङ्ग, तमुधि युकेको बरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ्ग अर्को उपाध्यक्ष हरि गुरुङ्ग, तमुधिं South East Regional क्षेत्रको अध्यक्ष श्रीचन्द्र गुरुङ्ग, तमुधिं युकेको भुपु अध्यक्षहरु आदिको उपस्थित रहेको थियो । कार्यक्रमको मिडिया पार्टनर लण्डन नेपाल ज्युजले गर्नुभएको थियो । युकेमा प्राय नेपाली कार्यक्रमहरु तय गरेको समयमा शुरु नभएता पनि उक्त कार्यक्रम भने तोकेकै समयमा शुरु भएर समयमै समाप्त पनि भएको थियो ।

यो खबर शेयर गर्नुहोस....