क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको ऐतिहासिक दशौं वार्षिकोत्सब भव्य सम्पन्न

फोटो सौजन्या- सन्तोष कोंमै (कोंमै इन्टरटेनमेन्ट)

क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेले मिति १७ जनवरी २०२६ साल शनिबार समाज स्थापना भएको दश बर्ष पुगेको उपलक्ष्यमा ऐतिहासिक दशौं वार्षिकोत्सब समारोह अल्डरसट स्थित एम्पायर हलको भव्य सजाएको हलमा दाज्युभाईहरु र चेलीबेटीहरुको बाक्लो उपस्थितिमा भव्य सम्पन्न गरेको छ ।

समाजको जेष्ठ सदस्य ८१ बर्षिय बुवा जीत बहादुर गुरुङ प्रमुख अतिति र नेपालको गण्डकी प्रदेशको पुर्ब सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री माननीय पन्चराम गुरुङ बिशेष अतिथि रहेको ऐतिहासिक कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न गरेको छ । समाजको पदाधिकारीहरु र अग्रज सदस्यहरुले पाइपरको धुनसंगै प्रमुख अतिथि, बिशेष अतिथि र चेलीबेटीहरुलाई हलमा भव्य स्वागत गरेको थियो ।

समाजको अध्यक्ष, प्रमुख अतिथि, बिशेष अतिथि, चेलीबेटी प्रमुख, संस्थापक अध्यक्ष तथा केन्द्रको बरिष्ठ उपाध्यक्षले संयुक्त रुपमा पानसमा दियो बालेर औपचारिक कार्यक्रम शुरु गरेको थियो । लगत्तै ऐतिहासिक दशौं वार्षिकोत्सब समारोहको संयोजक समाजको उपाध्यक्ष राम गुरुङज्युले समाजको तर्पmबाट उपस्थित सबैजनालाई स्वागत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेपाली र गुरुङ राष्ट्रिय गान बजाएको थियो भने कुल पितृहरुको नाममा एक मिनेट मौन धारण गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्री जीत ब. गुरुङले भाइखलकको कार्यक्रममा प्रमुख अतिथि हुन पाउँदा अत्यन्तै खुशी लागेको र समाजको प्रगतीको लागि शुभकामना दिनुभयो । त्यस्तै, विशेष अतिथि गण्डकी प्रदेशको पुर्ब सामजिक बिकास तथा स्वास्थ्य मन्त्री माननीय पन्चराम गुरुङले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज युकेको निमन्त्रणामा समाजको दशौं वार्षिकोत्सब कार्यक्रममा विशेष अतिथि रुपमा सहभागी हुन पाउँदा एकदमै खुशी लागेको र भव्य अतिथ्यको लागि समाजप्रति कृत्तज्ञता व्यक्त गर्नुभयो । माननीय गुरुङले समाजको सबैभन्दा बलियो चिज भनेको एकता हो र एकता भई अगाडी बढेमा जस्तौसुकै काम पनि गर्न सकिने कुरा बताउनुभयो । उहाँले नेपालदेखि आफुलाई निमन्त्रणा गर्नुभएकोमा अभार रहेको र नेपाल आउँदा सकेको मद्धत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा दशौं वार्षिकोत्सबको शुभ अवसरमा समाजले कोन्मैं सुँताँ स्मारिका पनि प्रकाशन गरेको छ सोही स्मारिकाको विमोचन गरिएको थियो । सोही अवसरमा स्मारिका प्रकाशन समितिको प्रमुख संयोजक तथा प्रधान सम्पादक श्री चित्र ब. गुरुङले स्मारिकाको लागि लेख, रचना, विज्ञापन अनि शुभकामना दिनुहुने सम्पूर्ण सदस्यहरुहलाई धन्यबाद दिनुको साथसाथै स्मारिकाको सम्पादन टीमलाई विशेष धन्यबाद दिनुभयो । त्यस्तै समाजको दशौं वार्षिकोत्सबको खुशीयालीमा केक पनि काटेको थियो ।

कार्यक्रममा नेपालबाट प्रतिनिधिको रुपमा सहभागी हुनुभएको क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको बरिष्ठ उपाध्यक्ष श्रीमती ईन्द्र कुमारी गुरुङ, उपाध्यक्ष चित्र ब. गुरुङ र सचिब चन्द्रमान गुरुङले युकेको निमन्त्रणा समाजको दशौं वार्षिकोत्सब कार्यक्रममा सहभागी हुन पाउँदा औधि खुशी लागेको र कार्यक्रमको सफलताको लागि शुभकामना दिनुभएको थियो । त्यस्तै संस्थापक अध्यक्ष श्री नरजङ गुरुङले पनि संस्था स्थापनाकालको स्मरण गराउनुहुँदै दशौं वार्षिकोत्सब मनाउन पाउँदा धेरै खुशी लागेको कुरा बताउनुभयो । त्यस्तै चेलीबेटी प्रमुख श्रीमती लिना गुरुङले दाज्युभाईहरुसंग काँधमा काँध मिलाएर सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुहुँदै समाजको दशौं वार्षिकोत्सबको शुभकामना दिनुभयो ।

कार्यक्रममा समाजले यस गरिमामय सफल दश बर्ष भित्र सम्पन्न गरेका योगदानहरुको (राम्रा कामहरुको) श्रब्यदृष्य (भिडीयो) पनि देखाएको थियो । साथै, कार्यक्रममा यूकेका विभिन्न संघसंस्थाहरुमा अध्यक्ष उपाध्यक्ष लगायत नेतृत्व पदमा निर्वाचित वा चयन हुनुभएका दाज्युभाईहरुलाई र चेलीबेटीहरुलाई बधाई, शुभकामना अनि सम्मान गरिएको थियो । कार्यक्रममा चेलीबेटीहरुले दाज्युभाईहरुलाई सेलरोटी कोशेली दिएको थियो ।

साथसाथै कार्यक्रममा चर्चित कलाकार सुनिला गुरुङ तथा मौसम गुरुङले चर्चित नेपाली तथा गुरुङ गीतहरु गाएर उपस्थित सबैलाई भरमुग्धर मनोरन्जन गराएको थियो । सधै भैm कार्यक्रममा चिठा (राफल ड्र) गरेको थियो । औपचारिक कार्यक्रम महासचिब ईन्द्र घोथानेले संचालन गरेको थियो सांस्कृतिक कार्यक्रम सल्लाहकार कृष गुरुङले संचालन गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा समाजको अध्यक्ष श्री कुमार गुरुङले समाजलाई सफल दश बर्ष पार गर्न सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरुलाई धन्यबाद दिनुभयो । साथै अध्यक्ष गुरुङले दशौं वार्षिकोत्सब कार्यक्रम सफल बनाउन प्रतक्ष्य परोक्ष सहयोग गर्नुहुने सम्पूर्ण भुपु तथा बर्तमान पदाधिकारीहरु र सदस्यहरुलाई धन्यबाद दिनुभयो ।

कार्यक्रमको प्राबिधिकमा समाजको प्रबक्ता तथा मिडीया सेक्रेटरी टोउ गुरुङले सहयोग गरेको थियो भने फोटोग्राफीको लागि भाइखलक सन्तोष क्वोंने, ओमकार गुरुङ र गोर्खा मिडीयाको प्रबन्ध निर्देशक चर्चित फोटोग्राफर मिलन तमुले सहयोग गर्नुभएको थियो ।

यो खबर शेयर गर्नुहोस....