
क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेले केन्द्रिलाई साढे ५१ लाख आर्थिक सहयोग
लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको जग्गा खरिद र घर निर्माणका लागि बेलायत शाखाले साढे ५१ लाख सहयोग गरेको छ ।
काठमाडौंमा बिहीबार साउन २५ गते (१० अगस्ट) मा आयोजित कार्यक्रममा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपाल केन्द्रीय अध्यक्ष विश्व गुरुङलाई दाजुभाइ र चेलीबेटीबाट जम्मा भएको ५१ लाख ६९ हजार ३९ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको चेलीबेटी प्रमुख चन्द्रदेवी गुरुङले जानकारी दिएकी छन् । उक्त रकममध्ये २३ लाख, ५२ हजार, १ सय ३२ रुपैयाँ ३२ पैसा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका चेलीबेटीको तर्फबाट संकलन गरिएको हो । जसको आर्थिक संयोजक चेलीबेटी प्रमुख चन्द्रदेवी थिइन् । उनले ७१ जना चेलीबेटीले गच्छेअनुसार आर्थिक सहयोग गरेको समेत बताएकी छन् ।
चेलीबेटी प्रमुख गुरुङले क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज नेपालको केन्द्रीय भवनको जग्गा खरिदका लागि संकलित आर्थिक सहयोग हस्तान्तरण गरेकोमा अध्यक्ष एवं माइती क्याप्टेन पिताम्बर गुरुङसहित क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका सम्पूर्ण माइती र चेलीबेटीलाई धन्यवाद व्यक्त गरेकी छन् ।

केन्द्रीय अध्यक्ष विश्व गुरुङको सभापतित्वमा भएको कार्यक्रममा क्वोंने (घोताने/घोण्डे) गुरुङ (तमु) समाज यूकेका अध्यक्ष क्याप्टेन पिताम्बर गुरुङ प्रमुख अतिथि रहेका थिए । महासचिव केदार गुरुङले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा केन्द्रीय कार्यसमिति, सल्लाहकारलगायत काठमाडौंमा बसोबास गर्ने बुद्धिजीवी, गन्यमान्य, भाइखलक, चेलीबेटी सहभागी थिए ।




